जुनवेशी हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा, स्थानीयले गरे खुशी व्यक्त - दुधकोशी खबर

जुनवेशी हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा, स्थानीयले गरे खुशी व्यक्त

  • Dudh Koshi २०८० भाद्र ११ सोमबार १६:३४:५७

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशीमा निर्माणाधीन ३ सय किलोवाट क्षमताको जुनवेशी हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाको लगानिमा निर्माण भइरहेको अप्पर जुनबेंसी हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा पुगेको मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब केहि समय मै हाइड्रोपावरले विद्युत उत्पादन गर्नेछ । साथै
उत्पादित विद्युतमध्ये बढी भएको बिधुत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सोलुदुधकुण्ड नगरपालिकाको योजना रहेको छ ।

भरपर्दो विद्युत सेवा नहुँदा लामोसमय देखि विद्युतको समस्या भोग्दै आएका सो क्षेत्रका नागरिकहरुले हाइड्रोपावर निर्माण तिव्र गतिमा हुन थालेपछी खुशी व्यक्त गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर