टेकबहादुरको निधनमा सोलुदुधकुण्ड नगरले दियो भोलि शोक बिदा - दुधकोशी खबर

टेकबहादुरको निधनमा सोलुदुधकुण्ड नगरले दियो भोलि शोक बिदा

  • Dudh Koshi २०८० भाद्र ११ सोमबार ०८:५२:०६

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा न १ नुन्थला निवासी समाजसेवी तथा जनप्रतिनिधि टेकबिर खालिङ राईको अल्पायुमा निधन भएसंगै नगरपालिकाले शोक बिदा दिएको छ ।

नगरपालिकाले आज एक शोक बक्तव्य जारी गर्दै भोलि नगरपालिका र अन्तरगतका कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिने भएको हो ।

साथै टेक बहादुर राईले नगरपालिकाको विकासमा पुर्याउनुभएको योगदानको सम्मान सद्भाव गरिने समेत मेयर नाम्गेल जाङ्बु शेर्पाद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।
खालिङको आज काठमाण्डौको कपन स्थित निजि निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बिगत १ बर्ष देखि क्यान्सर रोगले पीडित हुनु भएका टेक बहादुर राई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । सोलुदुधकुण्ड नगरपालिका वडा न १ को दोस्रो स्थानिय निर्बाचनबाट वडा सद्स्य पदमा नेकपा एमाले पार्टीबाट निर्बाचित हुनु भएको थियो ।
उहाको देहावसान पछी टाक्सिन्दुमा एक युवा नेता, समाजसेबि, कुशल अभिभावक गुमाएको छ भने समुदायलाई पनि ठुलो क्षति भएको छ । अहिले आम टाक्सिन्दुबासी शोकमा डुबेको छ ।

मृतकको पार्थिब शरिर निजको गाउँमा ल्याउने तयारी भइरहेको पारिवारले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर