दिप्लिघाट बेलिब्रीज पुन: निर्माणमा हामी पहल गर्छौं - कांग्रेस सभापति शेर्पा - दुधकोशी खबर

दिप्लिघाट बेलिब्रीज पुन: निर्माणमा हामी पहल गर्छौं – कांग्रेस सभापति शेर्पा

  • Dudh Koshi २०८० भाद्र ९ शनिवार १६:३३:४८

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सभापती तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले दिप्लिघाट बेलिब्रीज पुनः निर्माणमा पहल गर्ने बताउनुभएको छ ।

मेयर शेर्पाले थुलुङ दुधकोशी गाउपालिकाको दिप्लि र सोताङ गाउँपालिकाको खोर्दालाई जोड्दै आएको दुधकोशी नदिमाथी निर्माण गरिएको बेलिब्रीजको स्थलगत निरीक्षण गर्दै यस्तो बताउनुभएको हो ।

बेलिब्रीजलाई गत बिहीवार राति दुधकोशीमा आएको बाढीले पुर्ण रुपले क्षति पुर्याएको थियो ।
उक्त पुलमा क्षती पुगेपछि अहिले यातायात र आवतजावतमा समस्या भएको हो ।

बाढिले गर्दा करोडौंको क्षति भएको र क्षतिग्रस्त बेलिब्रीज नजिकै बन्दै गरेको मोटेरेबल पुलको निर्माण सामग्री र काकु कन्ट्रक्सन प्रा लि को एक वटा स्काभेटर पनि बाढिले बगाएको प्रत्यक्षदर्शीले बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर