दुधकुण्ड मेलामा रेडक्रसले निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्दै । - दुधकोशी खबर

दुधकुण्ड मेलामा रेडक्रसले निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्दै ।

 नेपाल रेडक्रस साेसाइटी उपशाखा टाक्सिन्दुले जनै पुर्णिमाकाे अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी निशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गर्ने भएकाे छ ।

निशुल्क प्राथमिक स्वास्थ्य शिविरको लागि १० जना स्वयंसेवक परिचालन भएकाे रेडक्रस सोसाइटि उपशाखा टाक्सिन्दुका उपसभापति अाइविर राइले बताउनुभएकाे छ ।

धार्मिक तिर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरुको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै साेलुदुधकुण्ड नगरपालिकाले पनि शिबिरमा औषधि सहित स्वास्थ्य कर्मि परिचालन गरि समन्वय गर्ने भएकाे छ ।

उक्त शिविरमा खटिने रेडक्रस उपशाखाका स्वयंसेवकहरुलाई आवास तथा खानाका लागि सहयोगी संस्था नेपाल लाईफ इन्स्युरेन्स कम्पनिले सहयाेग गरिदिने कम्पनिका प्रबन्धकले जानकारी दिनु भएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको एक पर्यटकीय र धार्मिक स्थल कारेलुङ र नुम्बुरको फेदमा अवस्थित दुधकुण्ड जनैपूणिर्माको दिन भब्य मेला लाग्ने गर्दछ । यसै मेलालाई लक्षित गरि भक्तजनहरुलाई यात्रा सहज गराउन बिगत २०६६ सालदेखि नियमित शिविर संचालन गर्दै आएकाे नेपाल रेडक्रस सोसाइटि सोलुखुम्बुका कोषध्यक्ष सुरेश खडकाले जानकारी दिनु भयो ।

 

तपाईको बिचार

सम्बन्धित खबर