सोलुदुधकुण्डको ८ हजार भन्दा बढी गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप ! - दुधकोशी खबर

सोलुदुधकुण्डको ८ हजार भन्दा बढी गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप !

  • Dudh Koshi २०८० भाद्र १ शुक्रबार १५:५४:४९

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको ८ हजार भन्दा बढी गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किन महामारी विरुद्धको अभियानमा ८ हजार ३ सय ८५ वटा गाईभैँसीलाई गोठमै पुगेर खोप लगाइएको मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।

उहाँका अनुसार ११ वडा रहेको नगरपालिकामा सबै भन्दा बढी वडा नम्बर २ मा १ हजार ८ सय ७५ र सबै भन्दा कम वडा नम्बर ९ मा ४५० वटा गाईभैँसीलाई खोप लगाइएको छ ।

जसमा वडा नम्बर १ भित्र १ हजार २५, वडा नम्बर ३ मा ६७५, वडा नम्बर ४ मा ५७५, वडा नम्बर ५ मा ५५०, वडा नम्बर ६ मा ६१०, वडा नम्बर ७ मा ७७५,, वडा नम्बर ८ मा ४७५, वडा नम्बर १० मा ९०० र वडा नम्बर ११ मा ७७५ वटा घर पालुवा पशुहरुलाई खोप लगाइएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

लम्पी स्किनका कारण सोलुदुधकुण्डमा हालसम्म २४ वटा पशुचौपाय मरेका छन् भने ७१५ वटा संक्रमित रहेको जनाइएको छ । खोप अभियान जारी छ ।

तपाईको बिचार

सम्बन्धित खबर