अब सडकले जोड्ने भयोे सोलुदुधकुण्ड नगर र खिजिदेम्बा गाउँपालिकाको सम्बन्ध, हुने भयो उपचारदेखि खाद्यन्न ढुवानीमा सहज - दुधकोशी खबर

अब सडकले जोड्ने भयोे सोलुदुधकुण्ड नगर र खिजिदेम्बा गाउँपालिकाको सम्बन्ध, हुने भयो उपचारदेखि खाद्यन्न ढुवानीमा सहज

  • Dudh Koshi २०८० श्रावाण २१ आइतबार ०६:३१:११

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङको सिगाने–खाम्दिङ हुँदै झाप्रे सडक स्तरोन्नती गरिने भएको छ । यही श्रावण २० गते ओखलढुंगा–सोलुखुम्बु संयुक्त लोकमार्ग निर्माण सम्बन्धमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र खिजिदेम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा लगायतका सरोकारवालाको उपस्थितीमा बसेको बैठकले सडक स्तरोन्नती गरी अन्तरपालिका स्तरीय सिधा सडक सञ्जाललाई दिगो बनाउन लागेको हो।

संयुक्त बैठकबाट डोजर, ट्रिपर, अप्रेटर लगायतको सामाग्री सोलुदुधकुण्ड नगरपालिकाले उपलब्ध गराउने निर्णय गरिएको छ । यस्तै मेसिन सञ्चालनको लागि तेल र आवश्यक खर्च ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।
सिगाने–झाप्रे सडकमार्गलाई व्यवस्थित र दिगो बनाउन सकिएमा खिजिदेम्बा गाउँपालिकाका नागरिकहरुलाई बिरामी पर्दा उपचारमा जान देखि खाद्यन्न ढुवानीमा समेत सहज हुने देखिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर