सोलुदुधकुण्डमा साउनबाटै विकासे कामको सुरुवात - दुधकोशी खबर

सोलुदुधकुण्डमा साउनबाटै विकासे कामको सुरुवात

  • Dudh Koshi २०८० श्रावाण १४ आइतबार ११:४१:२६

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि पहिलो योजना सम्झौता गर्दै साउनबाट नै विकासे कामको शुरुवात गरेको छ।

सोलुदुधकुण्ड नगरपालिका–१० को लुम्सा–जुके–दिमिल सडक स्तरोन्नती गर्नका लागि सोलुदुकुण्ड नगरपालिका–११ को संगीता कन्स्ट्रक्सन र सोलुदुधकुण्ड नगरपालिका बिच २०८० पुस १४ गते निर्माण सम्पन्न गर्ने गरी आज ठेक्का सम्झौता भएको सोलुदुकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिनुभयो ।

नगरप्रमुख शेर्पाले समयमा नै काम शुरु गर्दा आयोजना सम्पन्न गर्न सहज हुने भन्दै गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका र स्वीस सरकारको ५०/५० प्रतिशतको लागत साझेदारीमा बन्ने करिब पाँच किलोमिटर सडकको लागत एक करोड ११ लाख ८५ हजार रुपियाँ रहेको छ ।
उक्त सडकमा करिब चार हजार नौ सय मिटर सोलिङ, विभिन्न स्थानमा ह्युम पाइप राख्ने, सात सय मिटर ग्राभेल गर्ने, केही स्थानमा ग्याभिन वाल लगाउने र एक स्थानमा कल्भर्ट निर्माण गरिने सोलुदुधकुण्ड नगरपालिकाका इन्जिनियर फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर