माप्यदुधकोशीमा गाई गोरुलाई निःशुल्क भ्याक्सिन - दुधकोशी खबर

माप्यदुधकोशीमा गाई गोरुलाई निःशुल्क भ्याक्सिन

  • Dudh Koshi २०८० श्रावाण १४ आइतबार ०४:५३:३१

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा लम्पी स्कीनका कारण पशुहरू मर्न थालेपछि आज सनिबारदेखि पालिका भरिका सबै गाई गोरुलाई निःशुल्क भ्याक्सिन लगाउने कार्य सुरु गरेको हो ।

केहि समय अघिदेखि महामारीको रुपमा फैलिएको लम्पी स्किनले किसानहरूले पालेका पशुहरु भटाभट मर्न थालेपनि गाउँपालिकाकै खर्चमा पशु प्राविधिकहरू किसानको गोठमा नै पुगेर प्रत्येक गाई गोरुलाई निशुल्क भ्याक्सिन लगाउन सुरु गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।

बस्नेतका अनुसार आज प्राविधिकको दुई टोलीले वडा नम्बर ३ मा एक सय २ र वडा नम्बर २ मा ३० वटा भ्याक्सिन लगाएको छ । आज आइतबार वडा नम्बर १, ६, ७ तथा पर्सि सोमबार वडा नम्बर ४ र ५ मा भ्याक्सिन लगाउने कार्यक्रम रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर