महाकुलुङमा राष्ट्रिय प्रशारण, अध्यक्ष कुलुङले गरे उद्घाटन - दुधकोशी खबर

महाकुलुङमा राष्ट्रिय प्रशारण, अध्यक्ष कुलुङले गरे उद्घाटन

  • Dudh Koshi २०८० श्रावाण १४ आइतबार ०४:४३:३९

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन उद्घाटन गरिएको छ । सोलु करिडोर ग्रामीण विद्युतीकरण परियोजनाको ट्रान्सफर्मर चार्ज सकिएसँगै गाउँपालिका अध्यक्ष सुर्य कुलुङले राष्ट्रिय प्रशारण लाइन शनिबार उद्घाटन गरिएको हो ।

विद्युतको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुलुङले अब गाउँपालिकाको सबै वडाको घर–घरमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिने जानकारी दिनुभयो । उज्यालो गाउँपालिका बनाउने उद्देश्य पूरा हुने चरणमा रहेको बताउँदै आफूहरु गाउँको सर्वपक्षीय बिकासमा जोड दिएको उल्लेख गर्नुभयो।

 

तपाईको बिचार

सम्बन्धित खबर