सोलुखुम्बु । जिल्लाकोे सोलुुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा छुट्टै फिडरबाट विद्युत व्यवस्थापन गरिदिन माग गरिएको छ ।
आज वडाध्यक्ष टंक कार्कीसहितको छलफलमा नेपाल विद्युत प्राधिकरण ढल्केबरका प्रमुख मनोज शाह समक्ष सो प्रस्ताव राखेको हो ।
छलफलकोक्रममा विद्युत आउने, जाने समस्याको अन्त्य गरिदिन माग गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
उक्त मागको सम्बोधन गर्दै ढल्केबरका प्रमुख शाहले तत्काल समस्याको समाधान गरिने र केहीसमय पश्चात ब्रेकर फिड गरेर दिर्घकालिन रुपमा विद्युतको समस्या अन्त्य गरिने वचन दिनुभयो ।
तपाईको बिचार