तल्लो सोलु हाइड्रो ८२.० मे.वा.को तिङ्ला र नेलेमा सार्वजनिक सुनुवाई सम्पन्न - दुधकोशी खबर

तल्लो सोलु हाइड्रो ८२.० मे.वा.को तिङ्ला र नेलेमा सार्वजनिक सुनुवाई सम्पन्न

  • Dudh Koshi २०८० श्रावाण १० बुधबार ०२:०९:५६

सोलुखुम्बु/दुधकोशी खबर

सोलुखुुुम्बुमा निर्माणाधिन तल्लो सोलु जलविद्युत आयोजना ८२ मेघावाटको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । श्रावण ७ गते सोलुदुधकुण्ड नगरपालिकाको तिङ्लामा र्सावजनिक सुनुवाई सम्पन्न गरेको हाइड्रोपावरले श्रावण ८ गते थुलुङ दुधकोशी गाउँपालिकाको नेलेमा सम्पन्न गरेकोे हाइड्रोपावरले जनाएको छ ।

हाइड्रोपावरका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाको विवरण, कानुनी प्रावधान, भौतिक वातावरण, जैविक वातावरण, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण, न्युनिकरणका उपाय, वातावरणीय व्यवस्थापन योजना, वातावरणीय नकरात्मक र सकारात्मक प्रभाव लगायतको बारेमा जानकारी गराइएको छ ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरुले हाइड्रोपावरले दिने मुआब्जा लगातका विषयमा सुझाव राखेका थिए । उक्त सुझावहरुलाई परियोजनाले कार्यान्वयन गरेर अगाडी बढ्ने बताएको छ ।
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिका भएर बग्ने सोलुखोलाको २०.४२ घनमिटर/से. कोे बहावलाई प्रयोग गर्दै दायाँ किनारमा निर्माण भएका संरचनाहरुको प्रयोगले विद्युत उत्पादन गर्नेछ ।
आयोजनाको हेडवर्कसमा रहेको ब्यारेजले फर्काएको पानी २ वटा इन्टेक मार्फत थिग्राउने संरचनाबाट ४२ सय ६० मिटर लामो सुरुङ मार्फत ७२.० मिटर अग्लो सर्च साफ्ट सम्म पुग्ने छ ।
यस्तै आयोजना प्रभावित नगरपालिका र गाउँपालिकाको कुुल जनसंख्या ४४,००३ रहेको छ भने ११ हजार ३ सय ७८ घरधुरी संख्या रहेको छ ।
आयोजनाले न्युनिकरण, अनुगमन, परीक्षण लगायतका सम्पुर्ण वातावरणीय संरक्षणमा जोड दिनुपर्ने देखिन्छ ।

सोही कार्यक्रममा आयोजना प्रभावित स्थानीयवासीहरुको लागि ६ महिनापश्चात शेयर खुला गरिने परियोजनाले उल्लेख गरेको छ ।

हाइड्रोपावरले तिङ्लाको रमितेमा सार्वजनिक सुनुवाई गर्नेक्रममा स्थानीयसँग समझदारी गरेर काम अगाडी बढाएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर