सोलुखुम्बुमा निर्माणाधिन तल्लो सोलु हाइड्रोको सार्वजनिक सुनुवाई नेलेमा सकियो - दुधकोशी खबर

सोलुखुम्बुमा निर्माणाधिन तल्लो सोलु हाइड्रोको सार्वजनिक सुनुवाई नेलेमा सकियो

  • Dudh Koshi २०८० श्रावाण ८ सोमबार १४:३३:५५

सोलुुुखुम्बु । सोलुखुुुम्बुमा निर्माणाधिन तल्लो सोलु जलविद्युत आयोजना ८२ मेघावटको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको नेलेमा आयोजित कार्यक्रममा आयोजनाको विवरण, कानुनी प्रावधान, भौतिक वातावरण, जैविक वातावरण, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण, न्युनिकरणका उपाय, वातावरणीय व्यवस्थापन योजना, वातावरणीय नकरात्मक र सकारात्मक प्रभाव लगायतको बारेमा जानकारी गराइएको थियो ।

यस आयोजनाको कुल लागत १७,५००,०००,००० रहेको र आयोजनाले वातावरणीय व्यवस्थापन लागतको लागि कुल १८४,१८७, ६०० (२७,२०७,६०० न्युनिकरण लागत, अनुगमन लागत १७,२८५,०००, परीक्षण लागत २,०००,०००, सामुदायिक सहयोग कार्यक्रम १३१,२५०, ०००) बजेट छुट्याएको छ । जुन प्रतिशतमा हेर्ने हो भने १.०५ हुन आउँछ ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका भएर बग्ने सोलुखोलाको २०.४२ घनमिटर÷से. कोे बहावलाई प्रयोग गर्दै दायाँ किनारमा निर्माण भएका संरचनाहरुको प्रयोगले विद्युत उत्पादन गर्नेछ ।

आयोजनाको हेडवर्कसमा रहेको ब्यारेजले फर्काएको पानी वटा इन्टेकमार्फत थिग्राउने संरचनाबाट ४२ सय ६० मिटर लामो सुरुङमार्फत ७२.० मिटर अग्लो सर्च साफ्टसम्म पुग्ने छ । यस्तै आयोजना प्रभावित नगरपालिका र गाउँपालिकाको कुुल जनसंख्या ४४,००३ रहेको छ भने ११ हजार ३ सय ७८ घरधुरी संख्या रहेको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर