गुणस्तरीय विद्युत सेवाको मागसहित प्राधिकरण पुगे तिङ्लावासी - दुधकोशी खबर

गुणस्तरीय विद्युत सेवाको मागसहित प्राधिकरण पुगे तिङ्लावासी

  • Dudh Koshi २०८० श्रावाण ८ सोमबार ११:२१:५९

सोलुखुम्बु । छुट्टै फिडरबाट विद्युत व्यवस्थापन गरिदिन तिङ्लावासीले माग गरेका छन । विद्युतको माग सहित नेपालि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले सहितको टोलिले विविध समस्या दर्साउदै आज नेपाल विद्युत प्राधिकरण वितरण शाखा सल्लेरिमा ज्ञापन पत्र बुझाएको हो ।

 

ज्ञापन पत्रमा जलविद्युतको संख्या वृद्धि हुँदै गएपनी गुणस्तरीय विद्युत सेवा पाउन नसकेको उल्लेख छ ।
यस्तै तिङ्ला तारैतार मुनि बस्ती बस्न बाध्य भएको, विद्युत जाने, आउने समस्या भएकाले उपकरण र विद्युती बल्बमा क्षती पुगेको जनाइएको छ ।
तत्काल यी समस्या समाधानको लागि आजको मितिले १५ दिन भित्र छुट्टै फिडरबाट तिङ्लावासिको लागि विद्युत व्यवस्थापन गरिदिन समेत माग गरिएको छ।
साथै मागको वेवास्था गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं विद्युत प्राधिकरण नै हुनुपर्ने उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर