सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको
कार्यसम्पादन मुल्यांकनमा सुधार भएको पाइएको छ । गृह मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा २४.५ पुर्णाङ्कमा ९.८ अंक प्राप्त गर्दै देशभरबाट ७५ औँ बरियतामा पुगेको कार्यालय दोश्रो त्रैमासिकमा १६.५ पुर्णाङ्कमा १४.४ अंकसहित ३९ औँ बरियतामा पुगेको थियो भने यस तेस्रो त्रैमासिकमा १४.५ पुर्णाङ्कमा १४.३ अंकका साथ १० औँ बरियतामा पुग्न सफल भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले जानकारी दिनुभयो ।
आज कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिडियो भट्टराईले चौथो त्रैमासिकको नतिजा आउन बाँकी रहेकाले थप सुधार हुने विश्वास समेत व्यक्त गर्नु
भएको छ ।
तपाईको बिचार