सोलुखुम्बु । जिल्लाको पिके माध्यमिक विद्यालयको भवनमा पहिरोका कारण क्षति पुगे पश्चात प्रमुख जिल्ला अधिकारी सहितको टोलिले आज अनुगमन गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङमा रहेको उक्त विद्यालयमा हिजो बुधबार बिहान माथीबाट झरेको पहिरोले २ वटा भवनमा क्षति पुगेको छ ।
पहिरोका कारण एउटा भवन आधा पुरिएको छ भने अर्को भवनमा समेत क्षति पुगेको छ । भवनमा क्षति पुगेसँगै पठनपाठनमा पनि समस्या भएको विद्यालयले जनाएको छ । विद्यालयको अनुगमन गर्दै प्रजिअ भट्टराईले प्रशासनको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
तपाईको बिचार