सोलुदुधकुण्ड नगरपालिका ७ लाई हामी नमुना वडा बनाउदै छौँ - वडाध्यक्ष शेर्पा - दुधकोशी खबर

सोलुदुधकुण्ड नगरपालिका ७ लाई हामी नमुना वडा बनाउदै छौँ – वडाध्यक्ष शेर्पा

  • Dudh Koshi २०८० असार ३१ आइतबार १५:०१:०९

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ  । निर्वाचित भएको १ वर्षमा गरेको कार्य प्रगति बारे आज वडा नम्बर ७ गार्माले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा १ वर्षको विशेष कार्यप्रगति प्रस्तुत गर्दै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले वडा नम्बर ७ मा विकासका लागि महत्वपूर्ण कार्यहरु भएको दाबी गर्नुभएको छ ।

अध्यक्ष शेर्पाले आफुले निर्वाचनमा होमिदा घरघरमा पुगेर ७ नम्बर वडालाई नमुना वडा बनाउनका लागि गरेको प्रतिबद्धता पुरा गर्न लागि परेको बताउनुभयो ।

७ नम्बर वडाले आर्थिक वर्ष २०७९/८० मा विशेष गरि सडक, शिक्षा ,स्वास्थ्य, कृषि लगायतका विभिन्न ५ वटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको बताउँदै एक वर्षे कार्यकाल सफल भएको बताउनुभयो ।

यस आर्थिक वर्षमा सबै भन्दा ठूलो रकम विनियोजन भएको मेन्दोपाके घुन्सा सडकको स्तरोन्नति सम्पन्न भएको, साल्मे सडक स्तरोन्नति तथा गार्मा स्वास्थ्य चौकी जाने बाटोको निर्माण कार्यहरु वडाले प्राथमिकतामा राखेर गरेको वडा अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो । साथै वडालाई नमुना बनाउन कसरत गरिरहेको उहाँको भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर