गार्मा माविबाट यस वर्ष सामान्य धारतर्फ २७ र प्राविधिक (कृषि) धारतर्फ १७ गरी ४४ जना एसईईमा सामेल भएका थिए । जसमा ३५ जनाले ३ जीपीए भन्दा बढी प्राप्त गरेका छन् ।

जिल्ला टप विद्यालय र छात्रालाई सोलुदुधकुण्ड नगरकार्यपालिकाले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

आज शनिबार बसेको कार्यपालिका बैठकले जिल्ला टप गर्ने गार्मा माविलाई नगद ५ लाख र छात्रा कार्कीलाई ५० हजार रुयैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गार्मा मावि जिल्लाकै नमुना विद्यालयको रुपमा सञ्चालन भईरहेको छ । यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ ।