सोलुखुम्बुका बस्नेत क्रन्तिकारी स्ववियु काउन्सिलको केन्द्रिय सदस्यमा चयन - दुधकोशी खबर

सोलुखुम्बुका बस्नेत क्रन्तिकारी स्ववियु काउन्सिलको केन्द्रिय सदस्यमा चयन

  • Dudh Koshi २०८० असार २३ शनिवार १७:२५:१५

सोलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका विद्यार्थी नेता मोहन बस्नेत क्रन्तिकारी स्ववियु काउन्सिलको केन्द्रिय सदस्यमा चयन भएका छन् । क्रन्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेलाबाट विद्यार्थी नेता बस्नेत केन्द्रिय सदस्यमा चयन भएका हुन् । क्रन्तिकारी स्ववियु काउन्सिलको भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय कमिटी बनाएको छ ।

उनी नेचा सल्यान गाउँपालिका स्थित बी.पि.कोइराला संस्कृत विद्यापीठका स्वपियु सभापति पनि हुन् । सानै उमेरदेखि राजनीतिमा छिरेका उनी जिल्लामा पनि निकै सक्रिय राजनीति गर्छन् ।

बस्नेतले आफु जन्मेको जिल्ला सोलुखुम्बुलाई आधार बनाएर विद्यार्थी राजनीति गर्दै आएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर