फाप्लुमा सानो दुधकुण्ड मन्दिर पुन : निर्माण सम्पन्न - दुधकोशी खबर

फाप्लुमा सानो दुधकुण्ड मन्दिर पुन : निर्माण सम्पन्न

  • Dudh Koshi २०८० असार २१ बिहीबार १३:३४:१५

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ४ स्थित सानो दुधकुण्ड मन्दिर पुन ः निर्माण तथा पोखरी संरक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

मन्दिर पुननिर्माणको लागि नगरपालिकाबाट ५ लाख रुपैया र सामाजिक उत्तरदायित्व अन्तर्गत मिड हाइड्रो सोलुबाट ४ लाख ५० हजार गरि कुल ९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको वडा अध्यक्ष युवास तामाङले दुधकोशी खबरलाई जानकारी दिए ।

उहाँका अनुसार २०८० जेठमा पुननिर्माणको काम सुरु गरि असार दोस्रो हप्ता सकिएको हो । जिर्ण अवस्थामा रहेको मन्दिरको पुननिर्माण एंव संरक्षण गरिएको वडा अध्यक्ष तामाङले बताए।

तपाईको बिचार

सम्बन्धित खबर