सल्लेरीमा नृत्य र कविता वाचन प्रतियोगिता सम्पन्न, नृत्यतर्फ राई र कवितातर्फ बस्नेतले ओगटे प्रथम स्थान - दुधकोशी खबर

सल्लेरीमा नृत्य र कविता वाचन प्रतियोगिता सम्पन्न, नृत्यतर्फ राई र कवितातर्फ बस्नेतले ओगटे प्रथम स्थान

  • Dudh Koshi २०८० असार २१ बिहीबार १३:०४:५५

सोलुखुम्बु । जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल सोलुखुम्बुले जिल्ला स्तरीय खुला एकल नृत्य तथा कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा कला र मौलिकताको प्रर्वधन, भाषा, साहित्य र संस्कृतिको सर्वधन भन्ने नाराका साथ आज सल्लेरीमा कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला स्तरीय खुला एकल नृत्य प्रतियोगितामा १२ जना, खुला कविता वाचन प्रतियोगितामा ९ जनाको सहभागिता रहेको थियो ।
झाँकीतर्फ विभिन्न आठ संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आज सम्पन्न एकल नृत्यतर्फ नुमि राई प्रथम, आकृति राई द्धितिय, शान्ति श्रेष्ठ तृतिय र सुनिता थापा मगर सान्तना भएका छन ।

कविता वाचनतर्फ सुस्मा बस्नेत प्रथम, राम कुलुङ द्धितिय, प्रदिप खालिङ तृतिय र जानुका लामिछाने सान्त्वना भएका छन ।

एकल नृत्यतर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाको साथमा प्रमाण पत्र प्रदान गरिएको छ । कविता तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

झाँकी प्रदर्शन गर्ने आठ वटै संस्थालाई २५, २५ हजार रुपैयाका साथमा प्रमाण पत्र प्रदान गरि संस्थालाई सम्मान गरिएको  छ ।

कार्यक्रम जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल सोलुखुम्बुका अध्यक्ष हर्क बहादुर राईको सभापतित्व एंव नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर