योङ्ग स्टार ब्याडमिन्टन - १४२ जना खेलाडी प्रतिस्पर्धामा - दुधकोशी खबर

योङ्ग स्टार ब्याडमिन्टन – १४२ जना खेलाडी प्रतिस्पर्धामा

  • Dudh Koshi २०८० असार १९ मङ्गलबार १८:१४:१८

सोलुखुम्बु । योङ्ग स्टार क्लव सोलुखुम्बु ब्याडमिन्टन प्रतियोगितामा १४२ जना खेलाडिहरुले प्रतिस्पर्धा गर्ने भएका छन । योङ्ग स्टार क्लवको कवर्ड हल दोर्पुमा असार २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँच विधाको खेलमा १४२ जना खेलाडिहरुले प्रतिस्पर्धा गर्ने भएका हुन ।

क्लवले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा १२ जना प्रतियोगिहरुले प्रतिस्पर्धा गर्ने क्लवका महासचिव मनोज श्रेष्ठले जानकारी दिए ।

खुल्ला भेट्रान पुरुष डबलमा १२ जना, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबलमा २२ जना, खुल्ला पुरुष डबलमा १६ जना र खुल्ला महिला डबलमा १५ जनाले प्रतिस्पर्धा गर्ने महासचिव श्रेष्ठले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर