थुलुङ दुधकोशीको नेलेमा सामजुङ गुम्बा निर्माण हुँदै - दुधकोशी खबर

थुलुङ दुधकोशीको नेलेमा सामजुङ गुम्बा निर्माण हुँदै

  • Dudh Koshi २०८० असार १७ आइतबार ०७:०२:३०

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले घुर्मिसेमा सामजुङ  छोसेल क्ष्योलिङ  गुम्बा निर्माण भइरहेको छ।

सो क्षेत्रका तामाङ समुदायलाई लक्षित गरेर आर्थीक वर्ष २०७९/८० बाट गुम्बा निर्माण कार्य सुरु गरिएको उपभोक्ता समितिका पुर्व अध्यक्ष अम्मर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार थुलुङ दुधकोशी गाउपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्नेछ र सोही बजेटबाट निर्माण कार्य हुनेछ ।


४ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित तिव्र गतिमा काम भइरहेको तामाङले दुधकोशी खबरसँग बताउनुभयो ।
यसअघि घुर्मिसेमा गुम्बा नहुँदा त्यहाँका तामाङ समुदायलाई पुजापाठ गर्न समस्या हुने गरेको थियो।
गुम्बा निर्माणको लागि स्थानीय सरकारले समेत लगानी गरिदिएकोमा उपभोक्ता समितिले धन्यवाद ज्ञापन गरेको छ ।
गाउँपालिकाले बिनियोजन गर्दै आएको बजेट अपुग हुने भएपछी स्थानीयवासीले सहयोग संकलन गर्ने भएका छन ।
हालसम्म गाउँपालिकाले गुम्बा निर्माणको लागि १८ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिसकेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर