माप्यदुधकोशीमा खानेपानीको काम तिव्र गतिमा हुँदै - दुधकोशी खबर

माप्यदुधकोशीमा खानेपानीको काम तिव्र गतिमा हुँदै

  • Dudh Koshi २०८० असार १७ आइतबार ०६:०४:४६

सोलुखुम्बु । माप्यदुधकोशी गाँउपालिकामा ठानेखोला खानेपानी आयोजनाको कार्य तिब्र रुपमा अगाडी बढेको छ । नम्बर ६ र ७ मा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य सहित गत साल सूरु भएको बहुबर्षे  खानेपानी आयोजनाको कार्य तिब्र रुपमा अगाडी बढेको हो ।
खानेपानी आयोजना सम्पन्न भएपछि माप्यको वडा नम्बर ६ र ७ का ४ सय ५० घरधुरी लाभान्वित हुने गाँउपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

६ र ७ नम्बर वडाका स्थानियहरुले खानेपानीको समस्या बिगत देखिनै झेल्दै आएकाछन् ।

समस्यालाई मध्यनजर गर्दै आर्थिक बर्ष २०७८। ७९ मा  कोशी प्रदेश सरकारबाट ६७ लाख बजेट बिनियोजन भएको थियो । त्यस्तै आयोजनाका लागि आर्थिक बर्ष २०७९। ८० मा  माप्यदुधकोशी गाँउपालिकाबाट २० लाख र कोशी प्रदेश सरकारबाट ५० रकम बिनियोजन गरिएको थियो ।
आयोजनाका लागि आगामी आर्थिक बर्ष २०८०। ८१ मा पनि प्राथमिकतामा राखिएको छ । जसमा संघिय सरकारबाट बिशेष अनुदान ८ लाख र गाँउपालिकाबाट १० लाख बजेट बिनियोजन भएको गाँउपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर