खुम्बुबाट दर्जन बढीको हेलिमार्फत उद्दार - दुधकोशी खबर

खुम्बुबाट दर्जन बढीको हेलिमार्फत उद्दार

  • Dudh Koshi २०८० असार १७ आइतबार ०५:५१:०३
Illustrationen visar en helikopter

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिकाले ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ । आर्थिक बर्ष २०७९/८० को साउन महिनादेखि असार १४ गतेसम्म गाउँपालिकाको विभिन्न ठाँउहरुबाट ३२ जनाको उद्धार गरेको गाउँपालिकाले जनाएको छ ।

जटिल रोग लागेका र आकस्मिक बिरामी परेका बिरामीहरुलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौ लगिएको खुम्बु पासाङल्हामु गाँउपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुंगानाले जानकारी दिनुभयो ।

भौगोलिक हिसाबले खुम्बु पासाङल्हामु गाँउपालिकाका नागरिकहरुलाई जिल्ला अस्पताल ल्याउन सहज नभएकाले काठमाडौ लान बाध्यता भएको वहाँको भनाई छ ।

त्यस्तै खुम्बुका विभिन्न स्वास्थ्य चौकी र अस्पतालमा भर्ना भएर निको नभएर रेफर गरेका ३६ जना बिरामीहरुलाई  पालिकाको आर्थिक सहयोगमा काठमाण्डौ पठाएको गाँउपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख ढुंगानाका अनुसार त्यस्ता बिरामीहरुको आवतजावत खर्च सहित काठमाण्डौको विभिन्न अस्पतालमा उपचार गरेको खर्च समेत गाँउपालिकाले व्यहोरेको छ । साथै उपचार गरेर फर्केपछि उनीहरु स्वास्थ्य अवस्थाको फलो अप गर्ने गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर