थुलुङ दुधकोशी ६ का वडाध्यक्ष महेन्द्रदिपको ‘पिरतीको कथा’ (भिडियो सहित) - दुधकोशी खबर

थुलुङ दुधकोशी ६ का वडाध्यक्ष महेन्द्रदिपको ‘पिरतीको कथा’ (भिडियो सहित)

  • Dudh Koshi २०८० असार १६ शनिवार ०७:३४:४०

सोलुखुम्बु । दुधकोशी गाउँपालिका ६ मुक्लिका वडाध्यक्ष महेन्द्रदिप राईको ‘पिरतीको कथा बोलको गीत सार्वजनिक भएको छ ।

https://youtu.be/GN6WE3i63Jo वडाध्यक्ष राईले शुक्रबार मात्रै आफ्नै युट्यूव च्यानलमार्फत पछिल्लो कृतिका रुपमा ‘पिरतीको कथा’बोलको गीत डिजिटल बजारमा सार्वजनिक गर्नुभएको हो ।

गीतकार राईले यसअघि लेख्नुभएको ‘सत्य सानु’, ‘याद यति’, ‘पूर्वेली ठिटी’ दर्शक स्रोताले मन पराएका छन् ।

यस गीतका गायक कुमार प्रयास पनि सोलुखुम्बुकै हुनुहुन्छ । लोखिमका कुमार एकपछि अर्को सृजना लिएर बजारमा प्रस्तुत भईरहनुभएको छ । उहाँकै संगीत र गायन रहेको गीतमा महिला गायनमा चलनचल्तीका गायिका रचना रिमालले साथ दिनुभएको छ ।

गीतमा देवेश राईको एरेन्ज रहेको छ । अनिल कोयी राईले निर्देशन गर्नुभएको यस गीतमा देव राई र शर्मिला मगरलाई पर्दामा उतारिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर