सोलुखुम्बुमा पीडित पुनः भेटघाट कार्यक्रम सुरु - दुधकोशी खबर

सोलुखुम्बुमा पीडित पुनः भेटघाट कार्यक्रम सुरु

  • Dudh Koshi २०८० असार १५ शुक्रबार १२:५३:४३

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पीडित पुनः भेटघाट कार्यक्रमको  सुरुवात गरेको छ । पीडितको घरदैलोसम्म पुगि पीडित व्यक्तिलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिन सोलुखुम्बु जिल्लामा कार्यक्रमको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अनुसार बुधबार एक पीडितलाई भेटघाट गरि अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

आफनो जिम्मेवारीको क्षेत्रका विभिन्न प्रकारका अपराधबाट पीडित व्यत्ति तथा संस्थाहरुको यकिन विवरण पत्ता लगाई अभिलेख राख्न, पीडित मैत्री वातावरण सिर्जना गर्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडकको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्ने कार्यक्रमको उद्धेश्य रहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठको भनाई छ ।

वहाँका अनुसार पीडितलाई आवश्यक मनोसामाजिक विमर्श तथा आश्रय घरको व्यवस्थाको जानकारी गराउन, सर्वसाधारण र प्रहरीको सम्बन्ध प्रगाढ बनाई प्रहरीको छवि राम्रो बनाउन र साझेदारी कायम राख्ने उद्धेश्यले कार्यक्रमको सुरुवात गरिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर