सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान गरिएको छ । वडा नम्बर २ पेल्माङको आयोजनामा आज बुधबार पेल्माङको चोङ्खामा सफल परिक्षण उडान गरिएको हो ।
द बाबु एडभेन्चर्स इन्टरनेसल प्रा.लि.का प्याराग्लाडिङ प्रशिक्षक सानो बाबु सुनुवार र द बाबू एडभेन्चर्स प्रा.लि.का पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदिप कुलुङलाई प्याराग्लाइडिङमा उडाई सम्भाव्यता अध्ययन गरिएको छ ।
प्याराग्लाइडिङ उडान मार्फत पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब स्थानीय तहहरुले निति तथा कार्यक्रम बनाई यसतर्फ पनि बजेट विनियोजन गर्ने वडाध्यक्ष कुलुङले बताउनुभयो ।
तपाईको बिचार