सोताङका किसानलाई कृषि औजार - दुधकोशी खबर

सोताङका किसानलाई कृषि औजार

  • Dudh Koshi २०८० असार १३ बुधबार १२:०६:२३

प्रदिप नाछिरिङ/सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिकाले किसानलाई कृषि औजार प्रदान गरेको छ ।

कृषि पेशाको व्यवसायीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत चौबिस लाख विनियोजित रकमबाट किसानलाई कुटानी पिसानी मिल, धान काट्ने थ्रेसर र मिनिलिटर वितरण गरेको हो ।

गाउँपालिकाले कुटानी पिसानीका लागि घण्टौं धाउन बाध्य महिला किसानलाई बुधबार विभिन्न टोलका कृषिकहरुलाई समेट्ने गरि र कृषकहरुको मागका आधारमा १८ वटा मिल, १७ वटा मिनिलिटर र १२ वटा थ्रेसर मेसिन आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले पालिकाका सबै वडाका १८ जना कृषकहरुलाई कुटानी पिसानी मिल १७ जना कृषकहरुलाई मिनिलिटर र १२ जना कृषकहरूलाई थ्रेसर मिल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले बताए ।

कृषि औजार पाएपछी कृषखरु खुसी व्यक्त गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर