सोलुखुम्बुमा प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिता हुने - दुधकोशी खबर

सोलुखुम्बुमा प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिता हुने

  • Dudh Koshi २०८० असार १२ मङ्गलबार १६:५६:०४

प्रतियोगिता योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना गर्न लागेको हो ।

विभिन्न पाँच विधा समावेश गरिएको प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन  रहेको छ ।

३ दिनसम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल र खुल्ला महिला डबलमा प्रथम र द्वितीय हुनेलाई ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय हुने दुई टिमले १०/१० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै सोलुखुम्बु जिल्ला स्तरीय पुरुष र खुल्ला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेले २० हजार र १५ हजार नगद प्रदान गरिनेछ भने तृतीय हुने दुई टिमले ५/५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । अण्डर फिप्टीन पुरुष सिंगल ब्याडमिन्टनका प्रथम र द्वितीयले १५ हजार र ७ हजार नगद प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३,५००/३,५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विधाका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिनेछ । प्रतियोगिताको खुल्ला पुरुषतर्फ नेपाल ब्याडमिन्टन संघको र्यांकिङ २० भित्र पर्ने खेलाडीहरु सहभागी हुन पाउने छैनन् भने सोलुखुम्बु जिल्ला स्तरीय खेलमा प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा भाग लिई विजयी (प्रथम, द्वितीय र तृतीय) भएका खेलाडीहरु सहभागी हुन पाउने छैनन् ।

सोलुखुम्बुमा हाल कार्यरत कर्मचारीहरु भने कार्यालयको सिफारिस र परिचय पत्रको आधारमा प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको उद्घाटन शत्रमा प्रदेश मन्त्री, सांसदका साथमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरुसमेत उपस्थित हुनेछन् । प्रतियोगिताको सबै पाँच विधामा गरि करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा योङ्ग स्टार क्लवको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई सहभागिताको प्रमाण पत्र र टिसर्ट प्रदान गरिनेछ । प्रतियोगितामा कुल १५ लाख रुपैयाँ खर्च हुने क्लवले अनुमान गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर