सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाकाले नगरपालिका क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचन हटाउने कार्यलाई निरन्तरता दिइरहेको छ ।
यस अघि सदरमुकाम सल्लेरीका प्रशासन आसपास र अन्य स्थानका संरचना हटाईसकेको नगरपालिकाले आज मंगलबार आवाडाँडास्थित सेर्गा खोला छेउमा कमल राईले बनाएको काठे घर भत्काएको हो ।
संरचना भत्काउने कार्यमा नगर प्रहरी, नेपाल प्रहरी परिचालन भएका थिए । जसमा नगरको भ्याकुलोडर समेत प्रयोग गरिएको थियो ।
तपाईको बिचार