सोलुखुम्बुमा स्थानीय स्रोत शिक्षक तालिम सकियो - दुधकोशी खबर

सोलुखुम्बुमा स्थानीय स्रोत शिक्षक तालिम सकियो

  • Dudh Koshi २०८० असार १२ मङ्गलबार ०८:०७:३७

सोलुखुम्बु । सोलुखुम्बुमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सकिएको छ ।

जिल्लाको शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा दुई दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले स्थानीय तहको समन्वयमा असार ७ गतेदेखी सल्लेरीमा आयोजित तालिम आज सकिएको हो ।

तालिममा खुम्बु पासाङल्हमू गाउँपालिका बाहेकका ७ स्थानीय तहका २० जना स्रोत व्यक्तिको सहभागिता रहेको थियो ।

रीड नेपालले स्रोत शिक्षक सञ्जाल निर्माण गरि काम गर्दै आएको छ । सो सञ्जालमा २१ शिक्षक आबद्ध छन् ।

सोलुदुधकुण्ड नगरपालिकामा ४ जना, थुलुङ दुधकोशी गाउँपालिकामा ३ जना, नेचासल्यान गाउँपालिकामा ४ जना, माप्यदुधकोशी गाउँपालिकामा ४ जना, सोताङ गाउँपालिकामा २ जना, महाकुलुङ गाउँपालिकामा २ जना र लिखुपिके गाउँपालिकामामा २ जना गरी २१ जना शिक्षक स्थानीय स्रोत शिक्षक सञ्जालमा छन् । तालिममा आधारभूत शैक्षिक सामग्री निर्माण र प्रयोग, परिवर्तित पाठ्यक्रम तथा विद्यार्थी सिकाइ मूल्यांकन, विद्यालयको वर्तमान अवस्थाको विश्लेषण, नमूना कक्षा तयारी तथा नमूना कक्षा प्रदर्शन, विद्यालय सहयोग भ्रमण कार्यक्रमको अवधारणा, योजना निर्माण, प्रतिवेदन लेखन लगायतका विषयवस्तु तालिममा समाबेश गरिएको थियो ।

तालिमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, रीड नेपाल ताप्लेजुङ जिल्ला प्रबन्धक राजेन्द्र पन्त, शिक्षा विकास संयोजक केशवेव गिरी, शिक्षा विकास अधिकृत सुजाता राईले गर्नुभएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर