सोलुखुम्बु । जिल्लामा आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ३० वटा घटना भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सोलुखुम्बुद्वारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममार्फत घटना विवरण सार्वजनिक गरिएको हो ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा बाल अधिकार, यौनदुर्व्यवहार, बालबिवाहका ८ वटा, महिलाविरुद्द हुने सबै प्रकारका भेदभाव, दुर्व्यवहार बलात्कार, यौन दुर्व्यवहार/बालविवाहका ३ वटा, घरेलु हिंसा १८ र हत्या/कुटपिटका १ वटा घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
तपाईको बिचार