र्यालीसहित मनाइयो सोलुखुम्बुमा लागू औषध विरुद्धको दिवश - दुधकोशी खबर

र्यालीसहित मनाइयो सोलुखुम्बुमा लागू औषध विरुद्धको दिवश

  • Dudh Koshi २०८० असार ११ सोमबार ०६:२९:२८

सोलुखुम्बु । लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस सोलुखुम्बुमा पनि भव्य रुपमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्धारा सदरमुकाम सल्लेृरीमा आयोजित कार्यक्रममा जनचेतनामूलक र्याली प्रदर्शन गरिएको थियो ।

हरेक वर्ष जुन २६ अर्थात आजकै दिन मनाईने दिवसको नारा व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता : लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता भन्ने रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले बालबालिका र किशोर/किशोरीहरुको स्वास्थ्य र सुरक्षित विकासमा जोड दिएर यस वर्ष लागु औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाएको प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

२०६९ को तथ्याङ्क अनुसार नेपालमा १ लाख ५६ हजार लागु औषध प्रयोगकर्ता रहेका छन् । जुन प्रतिवर्ष ११ प्रतिशतका दरले बढ्दै गएको देखिएको गृहमन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले लागु औषधको प्रयोगलाई पुर्ण रुपमा नियन्त्रण गर्न टोल टोल व्यक्ती व्यक्तीले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले लागु औषध नियन्त्रण सबै भन्दा ठुलो समस्याका रुपमा रहेको बताउनु भयो।

यसको प्रयोगले समाजमा अनेक किसिमका विकृतीहरु बढ्दै गएकोले न्यनिकरणमा नगरपालिकाको तर्फबाट भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर