विगतभन्दा ७ करोड कम बजेटसँगै सोलुदुधकुण्डको नगर सभा सकियो - दुधकोशी खबर

विगतभन्दा ७ करोड कम बजेटसँगै सोलुदुधकुण्डको नगर सभा सकियो

  • Dudh Koshi २०८० असार १० आइतबार १५:१२:१८

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले ६८ करोड भन्दा बढीको बजेट पेस गरेको छ । आज आइतबार नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले १२ औँ नगरसभामा ६८ करोड ७१ लाख ३ हजार ५ सयको बजेट पेश गर्नुभएको हो ।

सङ्घिय सरकारबाट ६० करोड ५३ लाख १६ हजार, प्रदेश सरकारबाट ३ करोड ९२ लाख, ८२ हजार, आन्तरिक स्रोतबाट ३ करोड ४ लाख ७५ हजार ५०० आम्दानी हुने अनुमान गरिएको छ । राजस्व बाडफाडबाट १ करोड २० लाख ३० हजार बजेट आउने प्रक्षेपण गरिएको छ। यस्तै आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम ल्याएको छ ।

बसपार्कलाई व्यवस्थापन गरिने, बैकल्पिक र सहायक सडक मार्गको निर्माण गरिने, ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम संचालन गरिने छ ।

नगरपालिकाको गुरु योजना र आवधिक योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजानका लागि आयोजना बैंक तयार, नगर क्षेत्रमा सञ्चालन हुने संघीय प्रदेश सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र सामुदायिक संस्थाबाट सञ्चालन हुने कार्यक्रम तथा आयोजना साझेदारीमा गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गरिने,

सम्पन्न भईसकेका योजनाहरू लाभान्वित समुदायलाई हस्तान्तरण गरी नियमित रेखदेख र मर्मत संभारकार्यका लागि जिम्मेवार बनाउने नीति अख्तियार गरिने, अनुगमन सम्बन्धी उपभोक्ता समितिहरूको गुनासोलाई न्यूनीकरण गर्न एवम अनुगमनलाई थप प्रभावकारी बनाइने लगायतका महत्वपुर्ण निती तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

आर्थिक वर्ष २०७९,८० को तुलनामा यस आर्थिक वर्षमा ७ करोड कम बजेट ल्याएको छ । नगरसभामा उपस्थित जनप्रतिनिधीहरुले नगर क्षेत्रको पर्यटन विकासलाई प्राथमिकता नदिएको गुनासो समेत व्यक्त गरेका थिए । साथै स्थानीय कृषि तरकारीलाई पहिलो प्राथमिकता दिँदै आयातित तरकारी विक्री वितरणमा कम गराउन जनप्रतिनिधीहरुले सुझाव दिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर