माप्यदुधकोशीको बजेटमा पर्यटन बिकासलाई प्राथमिकता - दुधकोशी खबर

माप्यदुधकोशीको बजेटमा पर्यटन बिकासलाई प्राथमिकता

  • Dudh Koshi २०८० असार १० आइतबार १३:१९:२५

सोलुखुम्बु। जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले आगामी बर्ष पर्यटन क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर महत्वाकांक्षी योजनाहरु अगाडि बढाउने भएको छ

‘पर्यटन,कृषि:समुन्नत र खुसी माप्यदुधकोशी’को नारासहित पञ्च बर्षीय योजना तर्जुमा गरेको माप्यदुधकोशीले आगामी आर्थिक बर्षका लागि शनिबार पारित गरिएको नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धनलाई केन्द्रित गरेर योजना अघि सारिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।

नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) संग पर्यटन प्रबर्द्धन र सम्भाब्यता अध्ययनका लागि यसअघि नै सहकार्यको समझदारी गरेको गाउँपालिकाले उद्देश्य प्राप्ति गर्ने गरि योजना अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

आर्थिक बर्ष २०८०/०८१ मा ‘लोयर खुम्बु’को अवधारणासहित पर्यटक आकर्षित गर्ने किसिमका उत्कृष्ट कार्यक्रम अघि सारिएको छ।जातीय,भाषिक,सांस्कृतिक र धार्मिक बिबिधता भएको माप्यदुधकोशीमा सोही अनुसारका पर्यटकीय गन्तव्य सांस्कृतिक एभरेस्ट भ्यू ट्रेल,चिन्डो पार्क, सांस्कृतिक महादेब पार्क र बुद्ध पार्क निर्माणलाई विशेष प्राथमिकतामा राखिएको पनि वहाँले बताउनुभयो।

त्यसैगरी,ट्रेकिङ ट्रेलको निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य लिइएको बताउंदै अध्यक्ष राईले भन्नुभयो,- ‘मेरापिक पर्यटन ट्रेल निर्माण, साइक्लिङ्ग, पास्धा झर्नामा क्यानोयिङ्ग स्थापना र थोतोम्या महभिरमा रक क्लाइम्बिङ निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गरिनेछ।’

वडा नं ६ र ७ मा पर्यटन प्रबर्द्धनका लागि होमस्टे, पर्यटन हस्पिटालिटी तालिम संचालनसंगै यसबर्ष अन्तर्राष्ट्रिय स्तरको म्याराथुन प्रतियोगिता आयोजना गरिने कुरा पनि माप्यदुधकोशी गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

तपाईको बिचार

सम्बन्धित खबर