देउसाका कृषकहरुलाई खुर्सानीको विरुवा - दुधकोशी खबर

देउसाका कृषकहरुलाई खुर्सानीको विरुवा

  • Dudh Koshi २०८० असार १० आइतबार ०४:३३:२८

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ७ ले वडाका कृषकहरुलाई खुर्सानीको बिरुवा वितरण गरेको छ । कृषिमा आत्मनिर्भर बन्ने उदेश्य सहित वडामा ५० हजार बोट खोर्सानी रोप्ने/रोपाउने अभियान अन्तरगत माग अनुसार २५ हजार बढी बिरुवा वितरण गरिएको हो ।

वडाध्यक्ष भोजराज कार्कीका अनुसार खुर्सानी उत्पादन पश्चात समर्थन मूल्य दिएर स्थानीय सरकारले किन्ने जिम्मा लिनेछ । कृषकले उत्पादन गरेको खुर्सानी वडाले बजारीकरण गर्ने समेत उहाँले बताउनुभयो।

तपाईको बिचार

सम्बन्धित खबर