सोलुखुम्बु । खरिखोला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । एक्सन खरिखोला स्विजरल्यान्डको आर्थिक सहयोग र एक्सन खरिखोला नेपालको सहकार्यमा खुम्बु पासाङल्हामु गाँउपालिका १ को खरिखोला माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई हिजो शुक्रबार खेलकुद पोशाक, शैक्षिक सामाग्री, स्कुल ब्याग प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक तिलक राना मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयका ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई बार्षिक १२ हजार रुपैयाँको छात्रवृत्ति समेत वितरण गरिएको छ । सामग्रीहरु एक्सन खरिखोला नेपालका अध्यक्ष तथा समाजसेवी शेर बहादुर राना मगरले वितरण गर्नुभएको हो ।
विद्यालयका प्रधानाध्यापक राना मगरका अनुसार एक्सन खरिखोला स्विजरल्यान्डको आर्थिक सहयोग र एक्सन खरिखोला नेपालको सहकार्यमा विगत २३ वर्षदेखि निरन्तर खरिखोला माध्यमिक विद्यालयलाई सहयोग प्राप्त भइरहेको छ ।
शैक्षिक सामग्री प्राप्त भएपछि बिद्यार्थी तथा अभिभावकहरु खुशी भएका छन् । विद्यालयका विद्यार्थीहरुलाई प्राप्त सहयोग प्रति एक्सन खरिखोला नेपाल र एक्सन खरिखोला स्वीजरल्याण्ड प्रति बिद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
तपाईको बिचार