सोलुखुम्बु । सल्लेरि सामुदायिक सिकाई केन्द्रको छैटौं साधरण सभा आज सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको नगरउपप्रमुख गान्धिमाया तामाङको प्रमुख आतिथ्यता एवम केन्द्राध्यक्ष सौमाया राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले महिलामैत्री कार्यक्रममा जोड दिने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यराज डंगोलले अनौपचारिक शिक्षाको लागि समन्वय गर्ने बताउनुभयो ।
सिकाई केन्द्रका अध्यक्ष सौमाया राईले संस्थाको विकासको लागि नगरपालिकासँग बजेट माग गर्ने बताउनुभयो ।
सल्लेरी सिकाई केन्द्रको साधरण सभा सम्पन्न
ताजा
लोकप्रिय
सम्बन्धित खबर
तपाईको बिचार