नेपाल लाईफ सोलु शाखाले गर्यो १५ लाख बढिको मृत्यु दावी भुक्तानी - दुधकोशी खबर

नेपाल लाईफ सोलु शाखाले गर्यो १५ लाख बढिको मृत्यु दावी भुक्तानी

  • Dudh Koshi २०८० असार ८ शुक्रबार १३:४१:५१

सोलुखुम्बु । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बु शाखाले १५ लाख बढिको मृत्यु दावी भुक्तानी गरेको छ।

शाखाले आज एक कार्यक्रमकाविच मृतक ल्हाक्पा शेर्पाको परिवारलाई १८ लाख ५२ हजारको चेक हस्तान्तरण गरेको हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बु शाखाका एजेन्सी म्यानेजर समेत रहेका ल्हाक्पा शेर्पाको ४५ वर्षको उमेरमा जेठ १० गतेका दिन निधन भएको थियो ।
उहाँले रु.१५ लाखको जीवन बीमा गरेकोमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बु शाखाबाट एक कार्यक्रमका बीच मृत्यु दावी भुक्तानी गरीएको शाखा प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर