सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले माझी समुदायका विद्यार्थीहरुलाई जनही दस हजार रुपैयाँ नगद तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ।
गाउँपालिकाको वडा नं-६ बर्खुघाटस्थित मुक्ली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले सो समुदायका ३३ जना छात्रछात्राहरूलाई नगद र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो।
विद्यार्थीहरुलाई नियमित रूपमा प्रभावकारी शिक्षण सिकाई कार्यक्रममा सहभागी गराउन गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सो सहयोग उपलब्ध गराएको कार्यक्रममा जानकारी गराईएको थियो।
कार्यक्रममा प्रमुख अतिथि राईले विद्यालय शिक्षा पाउँनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउंँदै कोहि पनि आधारभूत अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने कुरामा गाउँपालिका सचेत रहेको बताउनु भयो।
माझी समुदायका कोहि पनि बालबालिका विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यका साथ गाउँपालिकाले नगद र शैक्षिक सामाग्री सहयोग गरेको वहाँको भनाई थियो। वहाँले नियमित विद्यालय जान पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
तपाईको बिचार