ओखलढुंगामा पहिरोले घर बगायो, ३ को मृत्युु - दुधकोशी खबर

ओखलढुंगामा पहिरोले घर बगायो, ३ को मृत्युु

  • Dudh Koshi २०८० असार ८ शुक्रबार ०३:५०:२४

ओखलढुंगामा पहिरोले घर बगायो, ३ को मृत्युु

सोलुखुम्बु । ओखलढुंगामा पहिरोले घर बगाउदा एकैपरिवारका ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा चम्पादेवि गाउँपालिका ८ विलन्दुका ३६ वर्षीय रण बहादुर गुरुङ, उनका श्रीमती २९ वर्षीया शिव माया गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

रण बहादुरका छोरा १० वर्षीय दिनेश गुरुङ पहिरोमा बेपत्ता भएकाले खोजी भईरहेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपक बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार बिहिवार राती करिब १२ बजे आएको पहिरोले स्थानीय रण बहादुर गुरुङ, बल बहादुर गुरुङ र जर्सिङ गुरुङको घर बगाएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर