स्काभेटर आगजनी अप्डेट - ४० लाख बराबरको क्षती - दुधकोशी खबर

स्काभेटर आगजनी अप्डेट – ४० लाख बराबरको क्षती

  • Dudh Koshi २०८० असार ७ बिहीबार १३:२५:२४

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ४ मा स्काभेटरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको छ ।

वडा नम्बर ४ को बादेदेखि छिप्लि जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा.२ क ४७७८ नम्बरको स्काभेटरमा गत बुधबार राती आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

कार्यालयका सुचना अधिकारी प्रहरी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आगलागीबाट स्काभेटरको अगाडीको क्याविनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट भएको छ ।


उक्त स्काभेटर दुधकोशी २ जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारको क्रममा प्रयोग गर्दै आएको थियो ।

 

आगलागीको कारणबारे अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर