सोलुखुम्बुमा आयोजना सम्बन्धी अभिमुखिकरण सकियो - दुधकोशी खबर

सोलुखुम्बुमा आयोजना सम्बन्धी अभिमुखिकरण सकियो

  • Dudh Koshi २०८० असार ७ बिहीबार ०६:३१:००

सोलुखुम्बु । कृषि ज्ञान केन्द्र, सोलुखुम्बु (बागबानी फार्म केन्द्र) मा आयोजना सम्बन्धी १ दिने अभिमुखिकरण गोष्ठि आज सम्पन्न भएको छ । नयाँ, रोगमुक्त फलफुल उत्पादन गर्ने उदेश्यले पहाडी क्षेत्र काष्टफल तथा फलफुल विकास आयोजना कार्यान्वयन इकाई बिराटनगरले कार्यक्रम आयोजना गरेको हो ।
गोष्ठिमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, उपमेयर गान्धिमाया तामङ, माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई, स्वास्थ्य संयोजक जितेन्द्र यादव, थुलुङ दुधकोशी गाउँपालिकाका उपाध्यक्ष सबिता राई, कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवा, उद्योग बाणिज्य संघका पदाधिकारीसहित २४ जनाको सहभागिता रहेको थियो ।
गोष्टिको सहजीकरण कृषि अधिकृत युकमणी भट्टराईले गर्नुभएको हो।

तपाईको बिचार

सम्बन्धित खबर