रिडद्वारा सोताङमा क्षमता अभिवृद्दी तालिम सुरु - दुधकोशी खबर

रिडद्वारा सोताङमा क्षमता अभिवृद्दी तालिम सुरु

  • Dudh Koshi २०८० असार ६ बुधबार १४:३२:००

सोलुखुम्बु । सोताङ गाउँपालिकामा क्षमता अभिवृद्दी सम्बन्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको सहकार्य तथा समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीका लागि २ दिने क्षमता अभिवृद्धि  तालिम सोताङ गाउँपालिकामा आजदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले तालिमबाट सिकेका कुराहरुलाई विद्यालयमा लागु गर्न अनुरोध गर्नु भयो ।

रीड नेपालले आफ्नो शैक्षिक अभियानमा साथ दिई रहेकोमा धन्यवाद दिदै निरन्तर समन्वय र सहकार्यका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम पश्चात विद्यालयमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा पालिका भित्र रहेका २० विद्यालयका ४७ जना पदाधिकारीको सहभागिता रहेको छ ।

यो भन्दा अगाडी रीड नेपालले खुम्बु पासाङल्हमु गाउँ पालिका बाहेक अन्य सबै स्थानीय तहमा यही प्रकृतिको तालिम संचालन गरेको रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले जानकारी दिनु भयो ।

विद्यालयको गुणस्तर सुधार्नमा विव्यस, शिअसंघको महत्त्वपूर्ण भूमिका रहने हुँदा तालिमको आयोजना गरिएको संयोजक गिरीले बताउनुभयो ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतम र स्थानीय स्रोत शिक्षक बासु राईले गरिरहनू भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर