थुलुङ दुधकोशी : किसानको उत्पादन वडाले किनेर राजधानीमा बेच्दै - दुधकोशी खबर

थुलुङ दुधकोशी : किसानको उत्पादन वडाले किनेर राजधानीमा बेच्दै

  • Dudh Koshi २०८० असार ६ बुधबार ०४:४१:५७

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका २ ले किसानहरुले उत्पादन गरेको आलु सङ्कलन गरी बिक्रीका लागि काठमाण्डौ पठाएको छ ।

गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो ।

आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाण्डौ पठाएको उहाँले बताउनुभयो ।

गाउँबाट सङ्कलन गरेको आलु काठमाण्डौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

वडा कार्यालयले किसानबाट पाथीको एक सय रुपैयाँका दरले आलु खरिद गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर