यसरी मनाईयो सोलुमा नवौं विश्व योग दिवश - दुधकोशी खबर

यसरी मनाईयो सोलुमा नवौं विश्व योग दिवश

  • Dudh Koshi २०८० असार ६ बुधबार ०४:२७:१३
सोलुखुम्बु । सोलुखुम्बुमा नवौं विश्व योग दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आज बुधबार सल्लेरीमा सरोकारवालाको उपस्थितिमा प्रवादफेरीसहित दिवस मनाएको हो ।

जिल्ला समन्वय समितिको प्राङ्गण सल्लेरीबाट सुरु भएको र्याली आयुर्वेद स्वास्थ्य केन्द्र जेरो पोइन्ट पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त  प्रमुख अजय कुमार झा ले योग रोगी र पाको उमेरका व्यक्तिले मात्र नभई हरेक उमेरका हरेक नागरिकले गर्न जरुर रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थित तीनै तहका सुरक्षा निकायका प्रमुखसहित प्रतिनिधिहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर