उक्त तालिमको आज आईतबार समापन गरिएको हो ।
रीड नेपालको आयोजना तथा स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बु र शिक्षा तालिम केन्द्र सुनसरीको समन्वयमा सञ्चालित तालिम उपलब्धिमूलक बनेको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
तालिम समापनमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले शिक्षकले आफ्नो कला प्रयोग गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक सरद गौतम र सुजता राईले गर्नुभएको थियो ।
तपाईको बिचार