सोलुखुम्बु । हिमालयन ट्रष्ट नेपालले टाक्सिन्दु माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरेको छ ।
एडुटेक नेपालको साझेदारीमा प्रविधी मैत्री शिक्षणका लागि कम्प्युटर ल्याव स्थापना गरिएको ट्रष्टका जिल्ला संंयोजक नब बहादुर भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रविधी मैत्री शिक्षण सहयोगका लागि १९ थान कम्प्युटर सहितको कम्प्युटर ल्याव स्थापना गरिएको छ ।
उक्त ल्यावबाट २०० जना भन्दा बढी विद्यार्थी, विद्यालयका शिक्षकहरु र स्थानीय समुदायका युवाहरूलाई समेत डिजिटल प्रविधिमा जोडिन सहयोग पुग्ने छ ।
तपाईको बिचार