माओवादी निकट किसान महासघं केन्द्र सोलुखुम्बुको पुनर्गठन - दुधकोशी खबर

माओवादी निकट किसान महासघं केन्द्र सोलुखुम्बुको पुनर्गठन

  • Dudh Koshi २०८० असार १ शुक्रबार ०६:५४:४०
सोलुखुम्बु । नेकपा माओवादी केन्द्र निकटको अखिल नेपाल किसान महासघं (क्रान्तिकारी ) केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति सोलुखुम्बुको पुनर्गठन गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र )का केन्द्रिय सदस्य तथा अखिल नेपाल महासंघ (क्रान्तिकारी ) केन्द्रका केन्द्रीय उपाध्यक्ष केपी बरालको प्रमुख आतिथ्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश कमिटी सदस्य तथा सोलुखुम्बु जिल्ला समन्वय समितिका अध्यक्ष असिम राईको विशिष्ट आतिथ्यमा बिहिवार सदरमुकाम सल्लेरीमा सम्पन्न भेलाले डम्बर कुमारी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय महासंघको जिल्ला समन्वय समिति गठन गरिएको हो।

नव गठित समितिमा गणेशबहादुर बस्नेत र पेमडोमा तामाङ उपाध्यक्ष, चन्द्रकला राई सचिब,रुपा राई कोषाध्यक्ष र नेमीमाया तामाङ सहसचिब छन्।

सदस्यहरुमा अजिता राई,फुरी शेर्पा,बिकास बस्नेत,ङिमल्हामु तामाङ,दिप कुलुङ र कुलध्वज खड्का सदस्य रहेको बताईएको छ।

भेलाले असोज मसान्तसम्म पालिकास्तरीय संगठन निर्माण गर्ने जिम्मेवारी सहित ड्म्बर कुमारी घिमिरेलाई खुम्बु पासाङल्हामु गाउँपालिका,गणेश बहादुर बस्नेतलाई लिखुपिके गाउँपालिका,रुपा राईलाई महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका,पेम डोमा तामाङलाई नेचासल्यानको इन्चार्जको जिम्मेवारी दिइएको छ।

यसैगरी,चन्द्रकला राईलाई थुलुङदुधकोशी र सोताङ र निमिमाया तामाङलाई सोलुदुधकुण्ड नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको अखिल नेपाल किसान महासघं (क्रान्तिकारी ) केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर