अपराध न्युनिकरणमा प्रहरीको ठूलो भुमिका हुन्छ - अध्यक्ष राई - दुधकोशी खबर

अपराध न्युनिकरणमा प्रहरीको ठूलो भुमिका हुन्छ – अध्यक्ष राई

  • Dudh Koshi २०८० असार १ शुक्रबार ०४:२५:२८

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले नागरिकहरु सचेत भएमा अपराध न्युनिकरण गर्न सकिने बताउनुभयो ।

आज मुक्लिमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन समारोहमा यस्तो उल्लेख गर्नुभयो । साथै यस गाउँपालिकामा अपराधिक गतिविधी बढ्दो अवस्थामा रहेकाले प्रहरीले थप समन्वय गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

सबै नागरिकले कानुनको पालनामा जोड दिन सके शान्तिपुर्ण समाज निर्माण गर्न सकिने बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर